KFGVRFI34

अण्डाको कुन भाग खाँदा स्वास्थ्यको लागी बढी फाइदा हुन्छ, जान्नुहोस्

0

अण्डा हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक छ । प्रोटिन, भिटामिन लगायत बिभिन्न खनिज पदार्थ पाइने अण्डाले हामिले नसोचेको फाइदा गर्छ । एउटा सिङ्गै अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ ।

अण्डाको सेतो भागमा सेलेनियम, भिटामिन ’डी’, भिटामिन ’बी ६’, भिटामिन ’बी १२’, जिंक, आइरन पाइन्छ भने पहेलो भागमा भिटामिन ’बी ६’, ’बी १२’, ’ए’, ’डि’, ’इ’ र ’के’ का साथै क्याल्सियम,

म्याग्नेसियम, आइरन पाइन्छ ।अण्डा खादा अण्डाको कुन भाग खादा बढि फाइदाजनक हुन्छ भन्ने प्रश्न आउन सक्छ । तर अण्डाको पहेलो वा सेतो जुन भाग खादा पनि स्वास्थ्यको लागी भने यतिनै फाइदाजनक छ ।

शरीरमा कुन तत्वको मात्रामा कमि भएको छ त्यो हेरेर नै अण्डाको कुन भाग खादा राम्रो हन्छ छुट्टाउन सकिन्छ । अण्डाको पहेलो भागमा ९३ प्रतिशत आइरन हुन्छ भने बाँकी रहेको ७ प्रतिशत मात्र सेतो भागमा हुन्छ ।

अण्डाको पहेंलो भागमा पाइने केरो टिनोइड्सले हाम्रो आँखालाई राम्रो गर्छ । त्यस्तै अण्डाको सेतो भागले १७ क्यालोरी शक्ति दिन्छ भने पहेँलो भागले झण्डै ५५ क्यालोरी शक्ति दिने गर्छ ।

बडी मसल्स बनाउन र तौल बढाउनका लागि अण्डाको सेतो भाग सेबन गर्नु धेरै नै राम्रो हुन्छ । अण्डाको सेतो भागले भन्दा पनि पहेँलो भागले हामीलाई बढी पौष्टिकता दिने गर्छ ।छाला, कपाल, आँखा र कलेजोका लागि अण्डा खानु निकै फाइदाजनक छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34