सिन्धुपाल्चोकमा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु,पाँच गम्भीर घाइते
दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो सिन्धुपाल्चोक सुनकोसी ५ किलोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना भएको थियो । एमबी दुगड हाइड्रोको गाडी रामेछापको बाम्तीबाट काठमाडौं जाँदै गरेको थियो।
सडकबाट पण्ढै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राती स्थानीयले उद्धार गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइतेहरूको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धुलिखेलमा पठाइएको छ।