अब देखि फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ ।
रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो ।युरोपेली युनियनका तर्फबाट विज्ञापन तथा प्राइभेसीलाई लिएर लगातार दबाब बढिरहेको बेला मेटाले आफ्ना सेवाबापत शुल्क लिने निधो गरेको छ ।
मेटाको योजना अनुसार युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्स्टाग्राममध्ये एउटाका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम नि:शुल्क चलाउन पाइने व्यवस्था गरिनेछ । साथै सशुल्क सेवा लिनेका लागि फेसबुक तथा इन्स्टाग्राममा विज्ञापन देखाइनेछैन ।