KFGVRFI34

जवान र स्वस्थ रहन सरिफा खानुस्

0

सरिफालाई औषधीय र पौष्टिक गुणहरूले भरिएको एक महत्त्वपूर्ण फल मानिन्छ। यसमा भिटामिन बी र भिटामिन सीका साथै तामा (Copper), म्याग्नेसियम, म्याङ्गनिज, फस्फोरस, पोटासियम र फाइबर जस्ता पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छन्।

सरिफामा धेरै एन्टिअक्सिडेन्ट पाइने हुनाले यसले बुढ्यौलीका लक्षणहरू देखिन दिंदैन र जवान देखिइराख्न मद्दत गर्छ। यसले छालामा चमक ल्याउँछ र इन्फेक्सन वा दीर्घकालिक रोग (Chronic Diseases) का कारण हुने छालाका समस्याबाट पनि बचाउँछ।

यो फलमा पाइने फाइबरले हृदयाघात, मस्तिष्काघात र धमनीका रोगको सम्भावना कम गर्छ। त्यसैगरी यसमा पाइने पोटासियमका कारण यो रक्तचाप (Blood Pressure) कम गर्न उपयोगी मानिन्छ।

सरिफामा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीले रोगहरूसँग लड्ने सेता रक्तकोष (White Blood Cells) को उत्पादनलाई बढाउँछन्। त्यसकारण यसको सेवनले धेरै प्रकारका रोगबाट पनि जोगाउँछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34