KFGVRFI34

नाडा अटो शो आजदेखि, झण्डै २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुने अपेक्षा

0

नाडा अटो शो आजदेखि काठमाण्डौमा शुरु भएकाे छ ।

आउँदो ३१ गतेसम्म काठमाण्डाैको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा विद्युतीय गाडीसहित अन्य नयाँ मोडलका गाडीहरू प्रदर्शनमा राखिएकाे आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जानकारी दिएको छ ।

चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे गाडी तथा ढुवानीका गाडीहरु, स्पेयर पार्ट्स, टायर टयुब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुसमेत प्रदर्शनीमा राखिएकाे नाडाले जनाएको छ । प्रदर्शनीको एक लाखभन्दा धेरै दर्शकले अवलोकन गर्ने र झण्डै २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा नाडाले राखेको छ ।

नाडाको आयोजनामा हरेक वर्षको दशैँ अगाडि आयोजना हुँदै आएको अटो शो कोभिड महामारी र गाडीको आयातमाथि लागेको प्रतिबन्धका कारण तीन वर्षदेखि हुन सकेको थिएन । गएको वर्ष नाडाले पहिलो पटक ईभी अर्थात् विद्युतीय गाडीको प्रदर्शन गरेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34