KFGVRFI34

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

0

चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ भदौ २६ गते मंगलबार बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४, बमोजिम ८ हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार ३० हजार ८३६ जनाबाट ६ लाख ८४ हजार ४९० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये रितपूर्वक आवेदन नदिएका ५८ वटाको आइपीओ आवेदन रद्द भएको छ । ५८ वटा आवेदन मार्फत परेको ८३० कित्ता आइपीओ रद्ध भएको हो ।

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार ३० हजार ७७८ वटा आवेदन मार्फत माग भएको ६ लाख ८३ हजार ६६० कित्ता सदर गरी बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो । तीमध्ये गोलाप्रथा मार्फत ८ हजार जना आवेदकलाई ८० हजार कित्ता आईपीओ बाँडफाँड गरिएको हो । सदर आवेदकमध्ये नै २२ हजार ७७८ आवेदकको हात खाली भएको छ ।

कम्पनीले जारी पुँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासन गरेको थियो । जारी पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ८ लाख कित्ता सेयर साधारणका लागि छुट्टाइएकोमा त्यसको १० प्रतिशतले हुन आउने ८० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.rbbmbl.com.np/

२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34