KFGVRFI34

टाटाका बहुप्रतिक्षित गाडीहरू सार्वजनिक, कति पर्छ मूल्य?

0

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाका बहुप्रतिक्षित गाडीहरू टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ।

भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा सुरू भएको १५औं संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहररूको बिक्री वितरण सुरू गरिएको हो।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य विशेषताहरू रहेका छन्। जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायीता रहेका छन्।

क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरू रहेका छन्।

यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ। यस टियागो इभी सीमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ भने अन्य भेरियन्टहरूको मूल्य यसप्रकार रहेको छ।

SN

Model

MRP

The web
1

Tiago EV MR XE

21,99,000

2

Tiago EV MR XT

22,99,000

3

Tiago EV LR XT

25,49,000

4

Tiago EV LR XZ+

26,99,000

5

Tiago EV LR XZ+ Tech

27,99,000

यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ।

टियागो इभी जस्तै अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ। आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोललगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ।

सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरू छन्। नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ राखिएको छ।

त्यसैगरी, टाटाको ‘न्यू फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधार स्तम्भहरू हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन्।

नयाँ युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरूको बदलिदो इच्छा एवं आकांक्षाहरूको परिपूर्ति गर्दछ। टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित रहेको कम्पनीको भनाइ छ।

टियागो इभीको बजार मूल्य यसप्रकार रहेको छ।

SN

Model

MRP

1

PUNCH Pure

33,99,000

2

PUNCH Adventure MT

37,49,000

3

PUNCH Accomplished MT

40,49,000

4

PUNCH Creative MT

43,49,000

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34