KFGVRFI34

आज यी प्रदेशका ठाउँमा ठूलो वर्षाको सम्भावना

0

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली सर्दै भारतको उत्तर प्रदेश र आसपासका क्षेत्रमा पुगेको छ । यो प्रणालीकै कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । यो प्रणालीको असर पश्चिमी क्षेत्रमा धेरै पर्ने उहाँले बताउनुभयो ।

यस्तै, आज लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा कोशी, बाग्मती, गण्डकी र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34