KFGVRFI34

आज पानी पर्न सक्ने यो प्रदेशका ठाउँमा

0

आज कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । राति ठूलो वर्षा हुने ठाउँका नदी तथा खोलामा बाढी आउने चेतावनी दिइएको छ ।

यस्तै, पहिरोको जोखिम समेत रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ । यस्तै, आज पनि ठाउँ ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेकाले खेतबारीको काम गर्दा र यात्रा गर्दा सचेत हुन मौसमविद्को सुझाव छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34