KFGVRFI34

थाइरोइड रोगीको लागि अचुक औषधि हो दालचीनी ! यस्तो छ प्रयोग गर्ने तरिका !

0

हामीमध्ये धेरैले दालचीनी खान्छौं । दालचीनी एउटा अचम्मको मसला हो जुन स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छ । दालचीनी यसको औषधीय गुणहरूका लागि परिचित छ, जसले धेरै गम्भीर रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ ।

आयुर्वेदका अनुसार पनि दालचीनीलाई परम्परागत औषधिमा धेरै रोगहरूको उपचार गर्न प्रयोग गरिन्छ ।दालचीनीको सेवन तौल घटाउन, ब्लड सुगर र ब्लडप्रेसर नियन्त्रण गर्नका साथै मुटुलाई स्वस्थ राख्न निकै फाइदाजनक हुन्छ ।

तर के तपाईलाई थाहा छ, दालचीनी थाइराइड रोगीहरुका लागि पनि निकै लाभदायक हुन सक्छ । थाइरोइडका लागि दालचीनीका फाइदाहरू बारे थप जान्न ओन्लीमाई हेल्थले क्लिनिकल पोषणविद् र आहारविद् गरिमा गोयल (एमएस.आरडी, सीडीई) सँग कुराकानी गरेको छ ।

यस लेखमा, हामी तपाईंलाई यसबारे विस्तृत रूपमा बताइरहेका छौं ।थाइरोइड रोगीहरूको लागि दालचीनी कसरी लाभदायक छ ? आहारविद् गरिमाका अनुसार थाइराइड वा हाइपर थाइरोइडिज्म अटोइम्यून रोग र सूजनका कारण हुने गर्छ ।

साथै, हर्मोनमा हुने उतारचढाव पनि यसको ठूलो कारण हो । ‘अध्ययनहरूले पत्ता लगाएका छन् कि दालचीनीले ट्राइटेट्रापोलिन एमआरएनएलाई उत्प्रेरित गरेर एन्टी–इन्फ्लेमेट्री (सूजन विरोधी) लाभ प्रदान गर्दछ, । साथै, दालचीनी थाइरोइडका बिरामीहरूको लागि धेरै तरिकाले फाइदाजनक हुन सक्छ । जस्तै:

हर्मोन सन्तुलित गर्न मद्दत गर्छ:

थाइराइड रोगीहरूले हर्मोन सन्तुलन कायम राख्न निकै महत्त्वपूर्ण हुन्छ । दालचीनीमा सिनामल्डिहाइड नामक रसायन हुन्छ, जसले शरीरमा प्रोजेस्टेरोन हर्मोन बढाउन मद्दत गर्छ । यसले महिलामा टेस्टोस्टेरोनको उत्पादन घटाउन पनि मद्दत गर्छ । यसले शरीरमा हर्मोनको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

ब्लड सुगरलाई नियन्त्रणमा राख्छ:

रगतमा चिनीको वृद्धि हाइपर थाइराइडिज्मको जोखिम कारक मध्ये एक हो । ब्लड सुगरलाई नियन्त्रणमा राख्नाले थाइरोइडका लक्षणहरू कम गर्न मद्दत गर्छ । दालचीनीको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र थाइरोइडको लक्षणलाई कम गर्न मद्दत गर्छ ।

शरीरमा स्वस्थ तौल कायम राख्न मद्दत गर्छ:

शरीरको तौल बढ्दा वा मोटोपनाले थाइरोइडका लक्षणहरू बढाउन सक्छ । दालचीनीले तौल नियन्त्रण गर्न मद्दत गर्छ । यसले मेटाबोलिजमलाई गति दिन मद्दत गर्दछ, तपाईंको भोक नियन्त्रण गर्दछ । साथै, यो तौल घटाउन पनि सहयोगी हुन्छ ।

दालचीनी कसरी उपभोग गर्ने:

आहारविद् गरिमाका अनुसार दालचीनी धेरै तरिकाले सेवन गर्न सकिन्छ । तपाईं तरकारीमा मसलाको रूपमा दालचीनी हाल्न सक्नुहुन्छ । दालचिनीको धुलोलाई दुध वा मनतातो पानीमा हालेर यसको सेवन गर्न सक्नुहुन्छ । साथै, तपाईं दालचिनीलाई आफ्नो चिया वा काढामा मिसाएर खान सक्नुहुन्छ ।

विशेषज्ञहरूले के सुझाव दिन्छन्:

आहारविद् गरिमाका अनुसार तपाईंले दिनमा १–४ ग्राम दालचीनी खान सक्नुहुन्छ । यदि तपाईं थाइराइडको समस्यामा हुनुहुन्छ भने दालचीनी तपाईंको लागि फाइदाजनक हुनसक्छ, तर यसको सेवन सुरु गर्नु अघि तपाईंले आफ्नो डाक्टरसँग परामर्श गर्नु राम्रो हुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34