KFGVRFI34

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

0

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली, स्थानिय बासिन्दाहरु र कर्मचारी समेत) लाई २८ लाख कित्ता, संस्थापकहरूले लगानी गरेको ५२ लाख कित्ता गरेर कुल ८० लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि ७४ रूपैयाँदेखि अधिकतम २२२ रुपैंयासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल एमइएचएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली सामेबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34