KFGVRFI34

यस्ता छन् अल्जाइमर्स रोगका लक्षणहरु : हेर्नुहोस

0

सामान्यतया ६० वर्ष पछिको उमेरमा अल्जाइमर्स रोगका लक्षण देखिने चिकित्सकहरू बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परिवारका ज्येष्ठ सदस्यहरूमा यस रोगका लक्षणहरू देखिएका चिन्न र यसको जटिलता बारे सजक हुनुपर्छ ।

अल्जाइमर्स रोग विस्मृति अर्थात् बिर्सने समस्या निम्त्याउने प्रमुख कारण भएको मन्त्रालयको भनाइ छ । यो रोग लागेका व्यक्तिमा सुरुवातमा स्मरणशक्ति ह्रास हुने र समयसँगै रोग बढ्दै जाँदा पछि कुराकानी गर्न र प्रतिक्रिया दिन असक्षम हुने हुन्छ । यस्तै, अल्जाइमर्स रोगले सोचाई, स्मरण शक्ति र भाषा नियन्त्रण गर्ने मतिष्कका भागमा असर पुर्‍याउँछ र व्यक्तिलाई दैनिक गतिविधिहरू गर्न असक्षम बनाउँछ ।

अल्जाइमर्स रोग लागेका नागरिकको उपचारका लागि सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रममा अन्तर्जगत् १ लाख रुपैयाँ बराबरको निःशुल्क सेवा लिन सकिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

अल्जाइमर्स रोगका लक्षणहरु

–मिति, समय तथा स्थानका

–सम्बन्धमा ज्ञान हराउँदै जानु

–बारम्बार एउटै कुराहरू सोधिरहनु

–नियमित गरिरहने कार्य गर्न अप्ठ्यारो हुनु

–स्वविवेक शक्ति क्षीण हुनु

–देखेका कुराहरु नचिन्नु

–आफूले राखेका सामानहरु फेला पार्न नसक्नु

–सामान्य समस्यहरू समाधान गर्न नसक्नु

हेरचाह यसरी गरौँ

–अल्जाइमर्स भएका व्यक्तिहरूको कुरालाई धैर्य पूर्वक सुन्ने

–दैनिक गरिने कामकाजमा सहयोग पुर्‍याउने

–आत्मनिर्भरता बढाउन आवश्यक सीपहरु सिकाउने

–लड्ने तथा चोटपटक लाग्ने जोखिम न्यूनीकरण गर्न घरको वातावरण सुरक्षित बनाउने

–स्मरण शक्ति बढाउने खालका अभ्यासहरू गराउने

– बिरामीको हेरचाहमा सबैले सहयोग गर्ने

–बिर्सिने रोग भएको बिरामी एक्लै घर बाहिर जाँदा हराउने, दुर्घटना वा हिंसामा पर्ने जोखिम हुने भएकोले फोन नम्बर सहित परिचय खुल्ने कागजात वा धातुको चुरा लगाइदिने ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34