KFGVRFI34

३४ वर्षअघि भोजपुरमा एक पुरूषको हत्या गरी भागेका व्यक्ति पक्राउ

0

काठमाडौ। ३४ वर्षअघि भोजपुरमा एक पुरूषको हत्या गरी भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

भोजपुर साविक दोभाने गाविस ८ घर भएका चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको कार्यालयका डिएसपी सुदीपराज पाठकले जानकारी दिए। उनी अहिले ६१ वर्षका भए। हत्या गर्दा उनी २७ वर्षका थिए। उनले २०४६ कात्तिक १७ गते २७ वर्षीय बद्रीकुमार राईको हत्या गरेको आरोप छ। बद्रीकुमार वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेका थिए। बद्रीकुमार वडाध्यक्षको घरमा सुतिरहेको थाहा पाएपछि चक्रबहादुरसहित चार जनाको समूह उक्त घरमा पसेका थिए।

घरेलु हतियारले बद्रीकुमारका विभिन्न अंगमा प्रहार गरी गम्भीर घाइते बनाएको डिएसपी पाठकले बताए। गम्भीर घाइते बनाएपछि उनीहरूले बाँया हातसमेत छिनाएर लगेका थिए। बद्रीकुमारलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। त्यसयता चक्रबहादुरसहितको समूह फरार थियो। यस मुद्दामा मृतकका परिवारले चक्रबहादुरसहित चार जनाविरूद्ध जाहेरी दिएका थिए। अनुसन्धान हुँदा २०६० जेठ २७ गते जिल्ला अदालतले उनीहरूलाई सर्वस्वसहित जन्म कैद सजाय ठहर गरेको थियो।

उनीहरू फरार नै रहे। घटना भएपछि चक्रबहादुर लामो समय भारतमा लुकेर बसेका थिए। उनको परिवार पनि भोजपुरबाट बसाइँ सरेर सुनसरीस्थित इटहरी उपमहानगरपालिका २० तरहरामा बस्न थालेका थिए। त्यसैबीच चक्रबहादुर पनि यो घटना सेलाएको हुनसक्ने र परिवार बस्ने ठाउँ पनि स्थानान्तरण भएको हुँदा केही वर्षअघि नेपाल फर्किएका थिए । ‘त्यसैबीच प्रहरीले सुराकीको आधारमा उनलाई शुक्रबार पक्राउ गरेको हो। यसबारे प्रहरीले आइतबारमात्रै पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34