KFGVRFI34

चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन शुरु

0

चाडपर्व लक्षित बजार अनुगमनलाई वाणिज्य विभागले तीब्र पारेको छ । २ असोजदेखि सुरु भएको संयुक्त अनुगमनमा दैनिक १३ टोली परिचालन भएको विभागले जनाएको छ ।

विभागले बजार अनुगमनका लागि कुल मिलाएर १३ टोलीको कार्य विभाजन गरेको छ । जसमा १० टोली दैनिक बजार अनुगमनमा खटिने छन् भने २ टोलीले सूचना संकलन र विभागका आउने उजुरीको प्रशोधनमा काम गर्नेछन् । यस्तै एक टोली बजारमा देखिएको कैफियतको परीक्षण र प्रमाणीकरणमा काम गर्ने गरी खटाइएको छ ।

विभागका सूचना अधिकारी आनन्द पोखरेलकाअनुसार बजारमा दैनिक करिब ४० वटा फर्म तथा पसलहरुको अनुगमन भइरहेको छ । आइतबार कुल ३९ फर्ममा अनुगमन गरिएकामा १३ फर्मलाई नगद जरिवाना तिराइएको विभागले जनाएको छ । शनिबार ४४ वटा फर्ममा अनुगमन भएको थियो । विभागले ठूला चाडपर्व लक्षित अनुगमनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुलाई पनि निर्देशन दिइसकेको छ । उपभोक्ता संरक्षण ऐनले हरेक जिल्लाको साहयक प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन अधिकृत तोकेको छ । यस्तै स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन गर्ने अधिकार कानुनले दिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34