KFGVRFI34

सानिमा बैंकले बोलायो साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

0

सानिमा बैंक लिमीटेडले वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको चण्डोलस्थित कुण्डलिनी बैंक्वेटमा बैंकले १९ औं वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०८० साल असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) वितरण गर्न स्वीकृति दिने एजेण्डा पेश हुनेछ ।

यस्तै, चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर वितरणको एजेण्डा समेत प्रस्तुत भई पारित गर्ने कार्यतालिका रहेको छ ।

साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको १९ औं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय अवस्थाको विवरण, आयव्यय विवरण समेत पारित गर्ने एजेण्डा रहेका छन् ।

बैंकले साधारणसभा प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको छ । यस कारण असोज २१ गतेसम्म कायम सेयरधनीले बैंकको साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34