KFGVRFI34

अब आइपीओ भर्दा बैंक खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुने

0

अब आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट हुने व्यवस्था लागू हुने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) एपीआईसम्बन्धी कार्यविधि पारित गरेसँगै आईपीओमा यो व्यवस्था लागू हुने भएको छ। यो व्यवस्था लागू भएसँगै अब बैंक खातामा पैसा नभएको अवस्थामा कसैले आईपीओ भरेमा तत्कालै रिजेक्ट हुनेछ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सीइओ पूर्णप्रसाद आचार्यले कार्यविधि पारित भएपछि अब जसले सीडीएसको डाटाको काम गर्ने अनुमति पाएका छन् तिनीहरुलाई रियल टाइम डाटा दिन सकिने बताउँछन् ।

सीडीएससीको डाटासँग इन्ट्रिग्रेसन गर्ने (बैंक, ब्रोकर, मर्चेन्ट बैंकलगायत)हरुले यो व्यवस्था लागू गर्न सक्ने आचार्यले बताए। ‘धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा मेम्बरहरुलाई चाहिने डाटा अब एपीआईमार्फत दिइनेछ’, उनले भने, ‘यसका लागि उनीहरुले पनि प्रणाली विकास गर्नुपर्छ।’

अब बैंक खातामा पैसा छ भने तरुन्तै भेरिफाइ र छैन भने रिजेक्ट हुनेछ । ‘हामीले एपीआइ दिइ सकेपछि उनीहरुले सिआस्वाबाट सेयर भर्दा तुरुन्तै भेरिफाइ गर्न सक्छन् । तर यसका लागि बैंकले सिस्टम डेभलप गर्नु पर्छ । सिआस्वा सदस्यहरुले चासो राखेर तुरुन्तै भेरिफाइ गर्न खोजे भने समस्या हल हुन्छ।’ उनले भने, यो व्यवस्था लागू भएसँगै म्युअुल रुपमा गर्नुपर्ने काम अब सिस्टमले नै गर्छ। ‘एपीआईमार्फत रियल डाटामा एक्सेस दिन सकिन्छ’।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34