KFGVRFI34

तुलसीको पात दूधमाउमालेर पिउँदाको फाइदा

0

तुलसीको पात निकै उपयोगी हुन्छ । सामान्य ज्वरो, रुघा आदिबाट बच्न मात्र होइन, यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ । साथै तुलसीले वायु शुद्धीकरण गर्ने काम पनि गर्छ ।

यस्तै, दूध पनि बहुगुणी हो । यो जति स्वादिलो हुन्छ, उत्तिनै गुणकारी पनि । यसमा क्याल्सियमलगायत पोषक तत्त्व पाइन्छ । अब दूध र तुलसीलाई एकै ठाउँ मिश्रण गरिए के होला ? यदि नियमित रूपले तुलसीको पात दूधमा उमालेर पिउने हो भने धेरै किसिमको रोगबाट मुक्त हुन सकिन्छ ।

दम रोगमा फाइदा

यदि तपाईं श्वासप्रश्वाससँग सम्बन्धित समस्याले ग्रस्त हुनुहुन्छ भने दूधमा तुलसीको पात उमालेर पिउनु लाभदायक हुन्छ । नियमित रूपमा तुलसीको पात दूधमा उमालेर सेवन गर्दा दम रोगमा फाइदा गर्छ ।

माइग्रेनमा राहत

दूधमा तुलसीको पात उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट राहत मिल्छ ।

तनाव वा डिप्रेसनमा

यदि तपाईंमा तनाव वा डिप्रेसनको समस्या छ भने पनि दूधमा तुलसीको पात उमालेर सेवन गर्न सक्नुहुन्छ, जो निकै लाभदायक हुन्छ । तनाव एवं चिन्ता कम हुन्छ । डिप्रेसनका रोगीका लागि पनि यो लाभदायक हुन्छ ।

हृदय रोगमा

दूधमा तुलसीको पात उमालेर नियमित सेवन गर्दा हृदय रोगीलाई निकै फाइदा गर्छ । त्यतिमात्र होइन, यसले मुटुलाई स्वस्थ राख्न पनि सहयोग गर्छ ।

पत्थरीको समस्यामा

यदि कुनै व्यक्तिलाई पत्थरीको समस्या छ भने दूधमा तुलसीको पात उमालेर खाली पेटमा पिउनुपर्छ । यसो गर्नाले मिर्गौलाबाट पत्थरी हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता

तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यतिमात्र होइन, यसमा क्यान्सर पैदा गर्ने कोशिकासँग लड्ने क्षमता पनि हुन्छ । यसका साथै तुलसीको पातमा एन्टिब्याक्टेरियल एवं एन्टिभाइरल गुण हुन्छ ।

कसरी सेवन गर्ने ?

दूध उम्लन सुरु गर्दा त्यसमा ८ देखि १० वटा तुलसीको पात राख्नुपर्छ । दूध राम्राेसँग उम्लिसकेपछि त्यसलाई सेलाउन दिनुपर्छ । मनतातो भएपछि पिउन सकिन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34