KFGVRFI34

बिहान सबेरै उठेर हिँडडुल गर्नाले तपाईंको फोक्सो स्वस्थ हुन्छ

0

पछिल्लो समय राती अबेरसम्म बस्ने र बिहान ढिला उठ्ने प्राय सबैको दैनिकी जस्तै भएको छ । अहिले सबैभन्दा बढी हाम्रो निद्रा केले बिथोलिरहेको छ ? यसको सहज जवाफ हुनसक्छ, ‘सोसल मिडिया, टेलिभिजन र युवटुव लगायतले ।’ राति अबेरसम्म ओछ्यानमै पल्टिएर हामी सोसल मिडियामा घोत्लिरहेका हुन्छौं । जसले हामीलाई समयमै सुत्नबाट रोकिरहेको छ ।

रातभर यस्तै काममा तल्लिन भएपछि बिहान चाँडै उठ्न सम्भव नै हुँदैन । त्यसैले हामी अबेरसम्म सुत्ने गर्छौ । यस्तो बानीले धेरैको दैनिकी अस्तव्यस्त बनाएको छ ।

सबै मानिसको शरीरमा एउटा ‘जैविक घडी’ हुन्छ । त्यो सूर्योदय र सूर्यास्तसँग अनुकूल भएको हुन्छ । त्यसैले हामीलाई उज्यालो नभएको रातिको समयमा निद्रा लाग्ने गर्छ । आफ्नो शरीर तयार हुनुभन्दा अगाडि नै अलार्मको सहयोगमा बिहान उठ्नुभन्दा सकभर आफुलाई उठ्नसक्ने बनाउनुपर्छ । किनकि राति अबेरसम्म बस्दा स्वास्थ्यमा समस्या देखिन सक्छ ।

वैज्ञानिकहरूले उल्लूजसरी रातभरि जागा बस्ने अर्थात राति निद्रा नलाग्ने चर्को समस्या भोगिरहेका व्यक्तिमा अध्ययन गरेका थिए । सरदर उनीहरू बिहान साढे दुई बजे मात्रै सुत्थे र बिहान १० बजेसम्म उठ्दैनथे । युनिभर्सिटी अफ बर्मिङ्घम, युनिभर्सिटी अफ सरी र मोनाश युनिभर्सिटीले गरेको अध्ययनमा तीन हप्तापछि यो निर्देशन पालना गर्ने मानिसको जैविक घडीमा दुई घण्टाले सुधार भएको देखिएको थियो । सुत्ने र उठ्ने समयमा एकरूपता नहुँदा पनि शरीरको जैविक घडी अलमलिन्छ ।

युनिभर्सिटी अफ बर्मिङ्घमका डा. एन्ड्रयू ब्याग्शोका अनुसार यी सामान्य कुरा जोसुकैले गर्न सक्छन् र त्यसबाट आफुलाई परिवर्तन पनि गर्न सकिन्छ ।

कतिबेला सुत्ने र कतिबेला उठ्ने आफ्नो दैनिक तालिका कमैले मात्र बनाएका हुन्छन् । धेरैले यसरी समय निर्धारित गरेका हुँदैनन् । यस्तो अस्तव्यस्त दैनिकीले मानिसको दिनचर्या त खराब हुन्छ नै, साथै उनीहरु कैयौं खालका शारीरिक रोगहरुको चपेटामा पर्छन् ।

बिहान अबेरसम्म सुत्ने मानिसहरुमा मानसिक रोग, मोटोपना, आलस्यता, मुटुरोग जस्ता विभिन्न समस्या निम्तन सक्छन् । दिनभरको थकानले शरीरको नराम्रो हालत हुन थाल्छ । समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक वैज्ञानिक अध्ययनको अनुसार जो मानिस बिहान छिट्टै उठ्छन् उनीहरुमा डिप्रेशनको सम्भावना पनि धेरै नै कम हुन्छ । बिहान चाँडै नै उठ्नुहुन्छ र घरबाट निस्केर थोरै समय हिँडडुल गर्नुहुन्छ वा एक्सरसाइज गर्नुहुन्छ भने यसबाट कैयौं लाभ पाउन सक्नुहुन्छ ।

१. बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ । शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि जरुरी छ ।

२. जो मानिस बिहान छिटै उठेर एक्सरसाइज गर्छन् उनीहरुमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लड प्रेसरको समस्या निम्तिदैन ।

३. बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।

४. बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34