KFGVRFI34

भारत र क्यानडाबीच तनाव पैदा गर्ने खालिस्तान आन्दोलन के हो ?

0

शिख समुदायको स्वतन्त्रताको मुद्दालाई लिएर चर्किएको खालिस्तान आन्दोलनले भारत र क्यानडाको कुटनीतिक समबन्धमा दरार पैदा गरिरहेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शिखका पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको अभिव्यक्ति दिएसँगै दुई देशबीचको सम्बन्ध तनावपूर्ण छ । क्यानडाको ब्रिटिस कोलम्बिया राज्यमा गत जुनमा खालिस्तानसँग जोडिएका निज्जरको हत्या भएको थियो । खालिस्तानसँग जोडिएका नेताको हत्या प्रकरणले आरोप प्रत्यारोपदेखि एक अर्काका कुटनीतिज्ञ निकालासम्मको चरणमा भारत र क्यानडा पुगेका छन् । दुई देशबीच तनावपूर्ण स्थिति निम्त्याउने खालिस्थान आन्दोलन आखिर के हो त ?

भारतमा अंग्रेज शासन कायम रहेकै बेलामा शिखहरुको छुट्टै राज्य माग गर्दै खालिस्थान आन्दोलन सुरु भएको हो । भारतको पन्जाव सहित पन्जाबी बोल्ने उत्तरी इलाकालाई समेत समेटर छुटै राज्य बनाउनु खालिस्थान बनाउनु आन्दोलनको मुल उद्देश्य हो ।

भारत स्वतन्त्र भएपछि सन् १९७० र ८० को दशकमा भारतमा जातीय तथा धार्मिक आन्दोलन चर्किएको थियो ।

निकै लामोसमयसम्म साम्य रहे पनि हालकै वर्षमा विदेशमा रहेका शिख समुदाय पनि यो आन्दोलनमा जोडिएका छन् ।

कस्तो हो खालिस्थानको परिकल्पना ?

खालिस्थान राज्यको सीमाबारे यसका समर्थकहरुनै विभाजित छन् । तर पञ्जाव यसमा समावेश हुनुपर्नेमा सबै एकमत छन् ।

भारतको उत्तरी इलाकामा पर्ने पञ्जाव विगतमा पूर्वी पाकिस्तान र भारतको उत्तर पश्चिमी क्षेत्रसम्म फैलिएको थियो ।

पञ्जावभित्र हाल लुधियाना, अमृतसर, जालान्धर छ भने पाकिस्तानतर्फ लाहोर, फैसलावाद, ननकाला सहिब, रावलपिन्डी र मुल्तान छन् ।

खालिस्थानका कतिपय समर्थक पाकिस्तानको पञ्जाव इलाका पनि समावेश गर्नुपर्ने बताउँछन् भने कतिपय हरियाना र हिमाञ्चल प्रदेशलाई समेत समेटेर खालिस्थान बनाउनुपर्ने तर्क गर्छन् ।

सन् २०११ को भारतीय जनगणना अनुसार शिखको जनसंख्या २० करोड ८० लाख रहेको छ । यो भारतको कुल जनसंख्या मध्ये १.७ प्रतिशत हो । ती मध्ये १६ करोड शिख पञ्जावमा बस्छन् । पञ्जावमा शिखको जनसंख्या ५८ प्रतिशत छ ।

खालिस्थान आन्दोलनको इतिहास

खालिस्थानको मुल जरो शिख धर्मसँग जोडिएको छ । १५ औं शताबन्दीमा मुगल शासनको क्रममा शिख धर्म उदाएको हो । सन् १६९९ मा गुरु गोविन्दले अरेविकबाट खाल्सा शब्दको प्रयोग गरेका थिए । यसको अर्थ शुद्ध हो ।

शिख धर्म र यसको शासन स्थापनाका लागि खाल्साको प्रयोग भएको थियो । सन् १९४७ मा विभाजनपछि पञ्जावी शुभ आन्दोलनको उदय भयो ।

जसले पञ्जाव भाषीहरुको स्वायत्त शिख राज्यको माग गर्‍यो ।

सन् १९५२ मा भारतका तत्कालीन प्रधानमन्त्री जहवरलाल नेहरुले पञ्जाव बोल्नेहरुको छुट्टै राज्यको आन्दोलनलाई दमन गर्ने नीति लिएसँगै शिख र हिन्दु छुट्टिए ।

सन् १९६६ मा चन्दीगढलाई राजधानी बनाएर पञ्जाव प्रान्त बन्यो । सन् १९७० र ८० को दशकमा भारतीय शिख डायस्पोरामा खालिस्थान आन्दोलनको कुरा उठ्न थाल्यो । शिखका विद्रोही नेता जर्नेइल सिंह वृन्दावनवालेको नेतृत्वमा आन्दोलन पुन: चर्किन थाल्यो ।

यस आन्दोलन १ दशकसम्म चल्यो र त्यस क्रममा सरकार र शिख नेता तथा सशस्त्र समूहबीच दर्जनौँ पटक झडप भयो त्यसमा हजारौं मानिस मारिए ।

सन् १९८४ मा भारतीय सेनाले शिखहरुको पवित्रस्थल गोल्डेन टेम्पलमा पसेर विशेष अपरेशन चलाउँदा एकै ठाउँमा ४ सय मानिस मारिए । शिखहरु भने त्यो घटनामा हजारौं मारिएको दाबी गर्छन् ।

गोल्डेन टेम्पलमा सैन्य अपरेशनको आदेश तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले दिएकी थिइन् । गान्धी को पछि उनकै शिख बडीगार्डले गोली हानेर हत्या गरे ।

गान्धीको हत्यापछि शिखवरोधी गतिविधि बढ्यो । हिन्दुहरुले शिखको घरघरमा पुगेर कुटपिट, हत्या तथा आगजनी गरे । त्यही क्रममा जुन २३, १९८५ मा एयर इन्डियाको विमान बम पड्काएर एटलान्टिक महासगरमा खसालियो । जसमा ३२९ मानिस मारिएका थिए ।

अनुसन्धानका क्रममा के पत्ता लाग्यो भने क्यानेडियन शिखले गोल्डेन टेम्पल अपरेशको बदला लिन त्यो विमानमा विष्फोट गराएका थिए ।

खालिस्थान आन्दोलनको स्थिति के छ ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिख समुदायका पृथकतावादी नेताप्रति शून्य सहनशीलताको नीति लिन प्रशासनलाई आदेश दिएका छन् ।

प्रधानमन्त्रीको आदेशपछि दर्जनौँ पृथकतावादी नेता पक्राउ परे । क्याराभान म्यागेजिनका कार्यकारी सम्पादक हर्तोषबाल भन्छन्, ‘सन् १९८० को हिंसात्मक शैन्य अभियानपछि खालिस्थान आन्दोलनले भारतमा कुनै पनि राजनीतिक समर्थन प्रापन्त गरेको थिएन । भर्चुअल रुपमा मात्रै खालिस्थानका गतिविधि केन्द्रित थिए । तर मोदीले बारम्बार खालिस्थानीहरु भारतका लागि खतरा रहेको बताउँदै उनीहरुलाई अघि ल्याउने काम गरे । ग्राउन्डमा खालिस्थानको प्रभाव खासै छैन,’ उनले भने ।

तर क्यानडा, बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेका शिख समुदायहरुले खालिस्थानको समर्थन गर्नेक्रम भने बढिरहेको देखिन्छ ।

डायस्पोरामा शिखको जनसंख्या कहाँ धेरै छ ?

डायस्पोरामा शिख समुदायको जनसंख्या २ करोड ६० लाख छ । लण्डन स्कल अफ इकोनोमिक्सका अनुसार क्यानडामा सबैभन्दा धेरै ७ लाख ७२ हजार शिख छन् ।

बेलायत र वेल्समा ५ लाख २४ हजार छ भने अष्ट्रेलियामा २ लाख १० हजार शिख छन् । अमेरिकामा पनि ५ लाखको संख्यामा शिख रहेको अनुमान गरिन्छ ।

न्यायका लागि शिख संस्थाले अनौपचारिक जनमत संग्रह आयोजना गरेको थियो । अष्ट्रेलियामा भएको मतदानमा हिन्दु र खालिस्थानबीच झडप भएको थियो ।

भारतले क्यानडा, अष्ट्रेलिया र बेलायतलाई खालिस्थान समर्थक पृथकतावादी शिख अधिकारकर्मीलाई कारबाही गर्न आग्रह गरेको छ ।

खालिस्थानको मागमा समर्थन जनाउने ३० वर्षे नेता अमृतपाल सिंहको गिरफ्तारीमा लण्डनमा पनि प्रदर्शन भएको थियो । त्यहाँ रहेको भारतीय उच्च नियोगको झण्डा निकाल्ने देखि त्यहाँको भौतिक संरचनामा तोडफोड समेत भएको थियो । ओटावामा समेत भारतीय उच्च नियोगमा खालिस्थान समर्थकले आक्रमण गरेको आरोप नयाँ दिल्लीले लगाएको छ ।

अहिलेसम्म खालिस्थानका को को प्रमुख नेता मारिए ?

जुन १८ मा हरदिप सिंह निज्जरलाई भ्यानकुबर स्थित सुर्रेको शिख गुरुद्वारा बाहिर हत्या गरियो । नयाँ दिल्लीले ३ वर्षअघि निज्जरलाई आतंकवादीको सूचीमा राखेको थियो ।

दिल्लीले आतंकवादीको सुचीमा राखेको ३ वर्षमै हत्या भएपछि ओटावाले भारतको भूमिका रहेको आरोप लगाएको हो । उनले खालिस्थानको माग सहित भारतमा अनौपचारिक जनमतसंग्रहको तयारी गरिरहेको सूचना भारतीय पक्षलाई प्राप्त भएको थियो । सन् १९७७ मा पञ्जाबको जालान्दरमा जन्मिउका निज्जर सन् १९९७ मा क्यानडा गएका थिए । उनी पृथकतावादी शिखहरुको संस्था बाबर खाल्सा इन्टरनेशनलमा आवद्ध थिए ।

बेकेआईलाई पाकिस्तानले चलाइरहेको आरोप भारतले लगाएको थियो ।

गत जुनमा अभतर सिंह खाण्डको पनि क्यान्सरका कारण बेलायतमा निधन भयो । उनी अमृतपाल सिंहका समर्थकका रुपमा चिनिन्थे । तर बेलायतमा उनको निधन विषका कारण भएको बताइन्छ । उनको मृत्यु निकै रहस्मय थियो । खाण्डको अन्तिम संस्कारमा अत्यधिक मानिस भेला भएका थिए । तर उनकै परिवारलाई अन्तिम संस्कारका लागि लण्डन जान बेलायतले भिषा दिन अस्वीकार गर्‍यो ।

परमजित सिंह पन्जवारलाई भारतमा खालिस्थान कमाण्डो फोर्स चलाइरहेको आरोप लागेको थियो । पाकिस्तानको लाहोरमा अपरिचित हतियारधारीले ६३ वर्षीय पन्जावरको हत्या गरिदिए । भारतमा १९८० देखि १९९० सम्म चलेको शिख विद्रोहमा उनको भूमिका खास थियो । उनले विभिन्न पटक राजनीतिक हिंसा मच्चाएका कारण भारत सरकारले उनलाई पक्राउका लागि दर्जनौँ प्रयास गरेको थियो ।

सन् २०२० जनवरीमा खालिस्थान मुक्ति फौजसँग जोडिएका हर्मित सिंह पनि पाकिस्तानको लाहोरमा मारिए । उनको स्थानमा हाल अवतार सिंह खाण्डाले लिएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34