KFGVRFI34

दसैँको टीका लगाउने उत्तम साइत सार्वजनिक

0

यस वर्षको दशैँको टीकाको साईत बिहान ११ बजेर २ मिनटलाई तोकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँका विभिन्न साइत सार्वजनिक गर्दै टिका लगाउने उत्तम साईत ११ बजेर २ मिनेट रहेको जनाएको हो ।समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले ११ बजेर २ मिनेट टीकाकाे मूल साइत रहेपनि आफ्नो अनुकुलमा दिनैभरी टीका लगाउन मिल्ने जानकारी दिनुभयो ।

यस्तै असोज २८ गते आइबार बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १० बजेर १९ मिनेटमा रहेको छ । तुलजा भवानी यात्राको साइत बिहान ८ हजेर २४ मिनटमा रहेको छ । कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ७ गते मंगलबार विजयादशमी पर्व परेको छ ।

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १० बजेर ३७ मिनटमा विसर्जन गरिने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सीआईएनलाई जानकारी दिनुभयो ।यस्तै, कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ । त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34