KFGVRFI34

निगमका २ सय ७६ यात्रु काठमाडौंमा र २ सय ५४ अलपत्र दोहामा अलपत्र

0

नेपाल वायुसेवा निगमको वाइडबडीमा कम्प्युटर सेन्सरको खराबी देखिएपछि काठमाडौंबाट दोहो उड्नुपर्ने २ सय ७६ यात्रु नेपालमा र दोहाबाट काठमाडौं आउनुपर्ने २ सय ५६ यात्रु दोहामा अलपत्र परेका छन् ।

निगमका २ सय ७६ यात्रु काठमाडौंमा र २ सय ५४ अलपत्र दोहामा अलपत्र 

निगमको विमानस्थलस्थित जहाज मर्मत सम्भार सम्बन्धित इन्जिनियरिङ मर्मत विभागले सोमबार राति साढे १ बजे निगमको आरए–२३९ उडान नम्बरको ‘अल्फा लिमा जुलु’ जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा ‘फल्ट’ देखिएकाले जहाज ग्राउन्डेड गरिएको घोषणा गर्दै दोहा उडान रद्ध गर्नुपर्ने जनाएको थियो । काठमाडौंमा अलपत्र परेका यात्रुलाई राति २ बजे सुन्धारा, गौशाला र ज्ञानेश्वरमा गरी तीनवटा होटलमा राखिएको उक्त उडानसँग सम्बन्धित एक कर्मचारीले बताए ।

निगमको अपरेसन विभागका एक अधिकारीका अनुसार इन्जिनियरिङ विभागले यो जहाज कतिबेला मर्मत हुने यकिन भनिसकेको छैन । ‘बेलैमा सामान आइहाले तीन दिनमा मर्मत हुन्छ होला,’ ती अधिकारीले भने ।

निगमसँग दुईवटा न्यारो र दुइटा वाइडबडी जहाज छन् । यीमध्ये एउटा न्यरोबडी मर्मतका लागि इजरायलमा पठाइएको छ । अर्को वाइडबडी दुबईबाट फर्किँदै छ । त्यो जहाज मंगलबार बेलुकी जापानको नारिता उड्नुपर्ने तालिका भएपनि काठमाडौंबाट दिल्ली जानु पर्ने वा दिल्ली उडान रद्ध गरेर दोहो उड्नुपर्ने छ । त्यहाँबाट फर्केर जापान बेलैमा उड्ने तालिका प्रभावित हुने सम्भावना छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34