KFGVRFI34

अमिताभले अयोध्यामा किने करोडौंको जग्गा, राम मन्दिरनजिक घर बनाउने

0

बलिउडका महानायक अभिताभ बच्चनले अयोध्यामा घर बनाउने भएका छन् । ताजा रिपोर्टस्का अनुसार उनले अयोध्यामा करोडौंका प्लट किनेका छन् ।

Tata
Futuressoft

सो जग्गामा उनले घर बनाउँदैछन् । यस्तो गर्ने उनी बलिउडका पहिलो स्टार हुन् । बिग बिको आध्यात्मिक रुचि देखेर फ्यानहरु पनि निकै खुसी देखिएका छन् ।

Laxmi sunrise bank

अयोध्या आध्यात्मिक राजधानीको रुपमा चिनिन थालेको छ । राम मन्दिर बनिरहेको छ । २२ जनवरीमा राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा हुँदैछ । यस्तोमा अमिताभ पनि रामको गितमा मग्न हुन तयार छन् ।

Shivam Cement

हिन्दुस्तान टाइम्सको खबरका अनुसार बिग बिले सेभेन स्टार प्रोजेक्ट ‘द सरयू’मा एउटा प्लट किनेका छन् । यो प्लट सरयू नदी नजिक छ । यो प्लट रामभूमि मन्दिरबाट १५ मिनेटको दूरीमा छ । यो जग्गा अयोध्या अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा घण्टाको दूरीमा छ ।

Global Reach Consultancy

खबरका अनुसार अमिताभले १० हजार वर्ग फिटको जमिन किनेका छन् । यसको मूल्य साढे १४ करोड भारु भएको बताइएको छ । २२ जनवरीमा हुन लागेको प्राण प्रतिष्ठामा सहभागी हुनका लागि अमिताभलाई पनि निम्तो गएको छ । समारोहमा सहभागी हुन बिग बिबाहेक रजनीकान्त, रणवीर कपूर, आलिया भट्ट, राम चरण, दीपिका चिखलिया, अरुण गोविल, सुनील लाहिरी कंगना रनौतलाई पनि निम्तो दिइएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34