KFGVRFI34

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय कप्तान रोहितको कीर्तिमानी शतक

0

रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी शतक प्रहार गरेपछि भारतले अफगानिस्तानविरूद्धको तेस्रो टी-२० खेलमा ४ विकेटको क्षतिमा २१२ रन जोडेको छ।

बेंगलुरुमा टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि रोहितले नटआउट १२१ रन जोडे। उनले ६९ बलमा ११ चौका र ८ छक्का प्रहार गरे।

यो रोहितको पाँचौ टी-२० अन्तर्राष्ट्रिय शतक हो। जससँगै उनी सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी बने।

टी-२० अन्तर्राष्ट्रियमा भारतकै सूर्यकुमार यादव र अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४-४ शतक प्रहार गरेका छन्।

रोहितले खेलमा रिंकु सिंहसँग नटआउट १९० रनको साझेदारी गरेका थिए। रिंकुले नटआउट ६९ रन जोड्ने क्रममा २ चौका र ६ छक्का प्रहार गरे।

त्यसअघि भारतले ४.३ ओभरमा ४ विकेट गुमाउँदा २२ रन मात्र जोडेको थियो। भारतका ओपनर यशस्वी जैशवाल ४ रन, विराट कोहली ०, शिवम् दुवे १ रन र सन्जु सामसन ० मा आउट भएका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34