KFGVRFI34

निफ्राको नाफामा गत आर्थिक वर्षको तुलनामा यो वर्ष केहि प्रतिशत कमी ,

0

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले सार्वजनीक गरेको समिक्षा अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न गएको देखिन्छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८३ प्रतिशतले घटेर १ अर्ब ३६ करोड २४ लाखमा संकुचन भएको छ भने खुद फि तथा कमिशन आम्दानी ५१.२९ प्रतिशतले घटेर ५६ लाख २० हजारमा झरेको छ।

त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी २.३६ प्रतिशतले बढेर १ अर्ब ३६ करोड ८० लाख पुगेको छ भने सञ्चालन मुनाफा ९.९६ प्रतिशत घटेर ९८ करोड ५५ लाखमा संकुचन भएको छ।

समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड २५ लाख रुपैयाँबाट बढेर १९ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख रुपैयाँ रहको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७१ पैसा घटेर ६ रुपैयाँ ३९ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34