KFGVRFI34

नेपाल र पाकिस्तान बीचको खेल आज दिउँसो १ बजेर ४५ मिनेटमा सुरु हुदै, सबैको ध्यान अर्जुनमा,

0

नेपाली यू-१९ क्रिकेट टोलीले युवा विश्वकप प्रतियोगितामा दोस्रो खेल खेल्दैछ । यू-१९ विश्वकपको दोस्रो खेलमा नेपाली युवा टोलीले पाकिस्तानी टोलीको बुधबार सामना गर्न लागेको हो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल न्युजिल्याण्डसंग ६४ रनले पराजित भएको थियो। न्युजिल्याण्डले दिएको ३ सय ३ रनको टार्गेट पछ्याउने क्रममा नेपालले ९ विकेट गुमाएर ५० ओभरको समाप्तिमा २ सय ३८ रन मात्र बनाएको थियो।
त्यस्तै विश्वकपको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तान माथि फराकिलो जित निकालेको थियो। २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १ सय ३ रनमै अलआउट भएको थियो।
नेपाल र पाकिस्तान बीचको खेलमा सारा नेपाली समर्थकको ध्यान नेपाली युवा ब्याटर अर्जुन कुमालमा हुनेछ। न्युजिल्याण्ड विरुद्धको खेलमा शतक नजिक पुगेका कुमालले पुनः कमाल गर्ने पर्खाईमा नेपाली समर्थक हुनेछन्।

अर्जुनलै राम्रो प्रदर्शनमा नेपालले न्युजिल्याण्ड विरुद्ध सम्मान जनक रन बनाएको थियो। ओपनिङ ब्याटर अर्जुनले नेपाललाई जित दिलाउन पूरा कोसिस गरेका थिए।

त्यसक्रममा उनले १ सय ४ बलमा १२ चौकाको सहयोगमा सर्वाधिक ९० रनको इनिङ खेलेका थिए। एक एन्डबाट लगातार विकेट पतन भए पनि अर्जुनले निर्धक्कसाथ साथ ब्याटिङ गरेका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34