KFGVRFI34

लगानीकर्ताले ६ महिनामा तिरे २.७३ करोड बढी जरीवाना,

0

 लगानीकर्ताले चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनासम्म २ करोड ७३ लाख रुपैयाँभन्दा बढी क्लोजआउट बापत जरिवाना तिरेका छन् । सीडीएससी एण्ड क्लियरिङले उपलब्ध गराएको आँकडा अनुसार लगानीकर्ताले समीक्षा अवधिसम्म २ करोड ७३ लाख रुपैयाँभन्दा बढी रकम क्लोजआउट तिरेका हुन् ।

विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन् । समयमै ईडीआईएस नगर्दा कारोबारको २० प्रतिशत रकम जरिवाना स्परुप तिनुपर्ने व्यवस्था छ ।

त्यसैले ‘मेरो सेयर’ आफ्नो सेयर फ्री रहेको छ वा छैन भन्ने यकिन गर्न पनि लगानीकर्ताहरु चुक्ने गरेका छन् । जसका कारण सेयर हस्तान्तरण नहुँदा लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गरेका छन् ।

अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री बनेको छ । ९० प्रतिशत लगानीकर्ताले अहिले अनलाइन प्रणालीबाटै कारोबार गरिरहेका छन् ।

सेयर बजारमा आकर्षण बढेसँगै क्लोजआउटको समस्या भने यथावत नै रहेको छ । प्रविधिमैत्री बजारमा क्लोजआउटको समस्या कम हुँदै जानुपर्ने तर्क भइरहेकै बेला विभिन्न कारणले यो समस्या रही नै राखेको देखिन्छ ।

सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउटबापत लगानीकर्ताहरुले १८ करोड ३२ लाख रुपैयाँ बढी तिरेका थिए ।  आर्थिक वर्ष २०७८/७९ मा भने क्लोजआउटबापत लगानीकर्ताले ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम जरिवना स्वरुप तिरेका थिए ।

तर गत आर्थिक वर्ष २०७९/८० मा भने लगानीकर्ताले तिर्ने क्लोज आउटबापतको जरिवना आधाभन्दा बढीले घटेको सीडीएससीको तथ्यांकले देखाउँछ । बजारमा गिरावट आउँदा यस्तो जरिवाना पनि घट्ने गरेको सीडीएस स्रोतले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34