KFGVRFI34

२५ वर्षीय नेपाली युवा लण्डनमा मृत भेटिए ,

0

लण्डनमा एक नेपाली युवा मृत फेला परेका छन्। २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० तारिखका दिन लण्डनमा फेला परेको हो।

मृतक तामाङ ललितपुर नखिपोट बसोबास गरी लण्डनमा केही समयअघि ‘स्किल्ड’ भिसामा बेलायत आएको खुलेको छ। लण्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार उनी पछिल्लो समय परिवारसँग समेत सम्पर्कमा नरहेको पाइएको छ।

यसअघि बुधबार लण्डन हेज क्षेत्रको प्रहरीले लण्डनस्थित नेपाली दूतावासलाई इमेल लेख्दै तामाङको शव भेटिएको जानकारी गराउँदै उनको पहिचानका लागि सघाउन आग्रह गरेको थियो।

तामाङको शव बुझ्ने तथा अन्त्येष्टि गर्ने जस्ता विषयमा दूतावासले अब उनको परिवारसँग संयोजन गर्ने बताइएको छ।

तामाङको मृत्‍युको कारण अझै स्पष्ट नभएकोले लण्डनस्थित नेपाली दूतावासले बेलायती प्रहरीसँग थप जानकारी माग गरेको छ।

यसअघि तामाङको शव यही जनवरी २० तारिखका दिन फेला परेको बेलायती प्रहरीले जनाएको थियो।

घटना जानकारीमा आएसँगै लण्डनस्थित नेपाली दूतावासले नेपालमा मृतकको परिवार र बेलायती प्रहरी दुवैतर्फ सम्पर्क र समन्वय गरिरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34