KFGVRFI34

यू-१९ क्रिकेट, नेपालले बुधबार सुपर सिक्सको पहिलो खेल बंगलादेशसँग खेल्दै, दुवै टोली दबाबमा ।

0

नेपाली यू-१९ क्रिकेट टोलीले बुधबारबाट दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको सुपर सिक्सको यात्रा सुरु गर्दैछ। समूह चरणमा तेस्रो हुँदै सुपर सिक्समा पुगेको नेपालले बुधबार सुपर सिक्सको पहिलो खेल खेल्न लागेको हो।

बुधबार नेपालको सामना टेस्ट मान्यता प्राप्त टोली बंगालदेशसंग हुनेछ। नेपाल जारी प्रतियोगिताको दोस्रो जितको खोजिमा हुनेछ भने बंगालदेश तेस्रो जित निकाल्ने दाउमा हुनेछ।

विश्वकपको सेमिफाइनलमा पुग्न बुधबार दुवै टोलीलाई जित्नै पर्ने दबाब हुनेछ। समूह चरणमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसंग पराजित भएको थियो भने अफगानिस्तानसंगको खेलमा विजयी भएको थियो।

त्यस्तै बंगालदेश भने भारतसंग पराजित हण्ड आयरल्याण्ड र अमेरिका विरुद्धको खेलमा विजयी भएको थियो। बुधबार हारको छुट कुनै टोलीलाई हुने छैन।

बुधबार बंगालदेशको सामना गरेपछि नेपालले शुक्रबार भारतको सामना गर्नेछ। सुपर सिक्सको एक समूहमा नेपाल सहित भारत, बंगालदेश, न्यूजिल्याण्ड, पाकिस्तान र आयरल्याण्ड छन्।

शिर्ष स्थानमा भारत रहँदा नेपाल पाँचौ स्थानमा छ। रनरेटको आधारमा नेपाल आयरल्याण्ड भन्दा अगाडी रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34