KFGVRFI34

नेपालमा अध्यायन गर्न नपाएर बिद्यार्थीहरु धमाधम बिदेश

0

। नेपालमा अध्यायन गर्न नपाएर बिद्यार्थीहरु धमाधम बिदेश गई रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले भने नर्सिङ कलेज सन्चालन गर्न दिने संसदीय समितीको निर्देशन प्रति अडको थापेकी छन्।

नर्सिङ बिषय पढाउन आफ्नै एक सय बेड क्षमतामा अस्पताल चाहिने बाध्यकारी ब्यवस्थाका कारण दर्जनौ नर्सिङ कलेजहरु बन्द भएर बिद्यार्थी बाहिर जान बाध्य भएपछि तोसिमा कार्की नै सदस्य रहेको संसदीय समितीले बिद्यार्थीहरु बिदेश जान रोक्न बाटो खोलेको थियो।

 

समितीले एक सय बेड नभएका कलेजलाई नर्सिङ पढाउन दिने गरि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशनमा लिखित असहमति दर्ता गराएकी हुन्।

सांसद कार्कीले लिखित रुपमा दर्ता गरेको असहमती पत्रमा एक सय बेडको अस्पताल नभएका कलेजलाई पढाउन दिदा नर्सिङको गुणस्तरलाई नै प्रतिकूल असर पार्ने उल्लेख गरेकी छन्।

सांसद कार्कीले यस अघि सिटिइभिटीको सम्बन्धन तथा गुणस्तरबारे अध्ययन गर्न बनेको सांसद देवेन्द्र पौडेल नेतृत्वको उपसमितिको प्रतिवेदनमा समेत फरक मत राखेकी थिईन्।

‘केही सीमित बन्द भएका संस्थाहरुको हकमा ऐन नै मिचेर भएपनि नर्सिङ खोल्न दिने खालका विषय मात्र प्रतिवेदनमा आएको,’ उनले दर्ता गरेको असहमति पत्रमा भनिएको छ, ‘त्यसले समग्रमा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको गुणस्तरलाई नै धरापमा पार्ने स्थिति हुन सक्छ।’

सांसद कार्कीले उपसमितिको प्रतिवेदन छुट्टै एजेण्डा बनाएर छलफल नगरी शिक्षा मन्त्रालयलाई समितिले पठाएको निर्देशन तथा सुझाव अवैधानिक भएको समेत उल्लेख गरेकी छन्।

उनले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि  समितिका सभापति भानुभक्त जोशीलाई बुझाएको पाँच बुदेँ असहमति पत्रमा नेपाल नर्सिङ काउन्सिलबाट समितिलाई सय शय्याको अस्पताल र ६० प्रतिशत अकुपेन्सी भए मात्र पर्‍याप्त प्रयोगात्मक अध्ययन  गराउन सकिने भनेर दिएको रायलाई बेवास्ता गरिएको टिप्पणी गरेकी छन्।

‘काउन्सिलको राय विपरीत लेखिएकाले यस (निर्देशन) ले आम जनताको स्वास्थ्य सेवाको गुणस्तरमा प्रतिकूल असर गर्न सक्छ,’ कार्कीले तर्क गरेकी छन्।

उनले देशभित्र सय शय्या भन्दा बढी क्षमतामा निजी तथा सार्वजनिक अस्पताल प्रशस्त रहेकाले ती सबै अस्पतालमा चिकित्सा शिक्षा ऐनको परिधिमै रहेर नर्सिङको पठनपाठन यथाशीघ्र सञ्चालन गर्न थालिएका हजारौं आकांक्षीले नर्सिङ पढ्न पाउने सुनिश्चित हुने उल्लेख गरेकी छन्।
तर नेपालमा सरकारी निती कसिलो बन्दै गएपछि नर्सिङ कलेजहरु धमाधम बन्द भएका छन्। नर्सिङकलेजहरु बन्द हुदा हज्जारौं बिद्यार्थीहरु भारत र अन्य मुलुकमा नर्सिङ बिषय पढन जानका लागि बाध्य छन्।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले माघ २ गते आफ्नै सय  शय्याको अस्पताल नभए पनि अन्य सय शय्याको अन्य अस्पतालसँग सम्झौता गरेर नर्सिङ पठनपठाउन गराउने व्यवसथा मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34