KFGVRFI34

आजको मौसम:लुम्विनी साथै अरु प्रदेशका बारेमा जानकारी लिनुहोश

0

केही दिन यतादेखि तराई क्षेत्रमा देखिएको बाक्लो हुस्सु बिस्तारै हराउदै गएको छ। अहिले बिहान बाक्लो हुस्सु देखिएपनि बिस्तारै हराउदै जाने सम्भावना रहेको छ। हुस्सु हट्दै गएपनि बिहानमा भएको अत्याधिक चिसोले जनजीवन प्रभावित भएको छ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा,कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भैरहेको छ।

साथै देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले बुलेटिन जारी गरेर जानकारी दिएको छ।

‍आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने पूर्वानुमान् छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक(दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार राति पहाडी भू(भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34