KFGVRFI34

इन्ड्राइभ संसारको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप- इन्ड्राइभ भनेको के हो ?

0

 

काठमाडौँ । इन्ड्राइभ, ४६ देशहरूमा संचालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म, सन् २०२३ मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बन्न सफल भएको छ । डाटा डट एआईको अनुसार इन्ड्राइभ लगातार दोस्रो वर्ष पनि यो स्थानमा रहन सफल भएको हो । यसको साथै इन्ड्राइभ ट्राभल क्याटेगोरी अन्तर्गत विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो एपको रूपमा ¥यांक गर्न सफल भएको छ । गुगल प्ले र एप स्टोर डाटा (चीनमा आईओएस मात्र) अनुसार २०२३ मा इन्ड्राइभ कुल ६६.६ मिलियनपटक डाउनलोड भएको हो ।

इन्ड्राइभले आफ्नो मुख्य सेवा राइड सेयरिङ अफरलाई नयाँ देशहरूमा विस्तार गर्दै हालै कुरियर डेलिभरी जस्ता नयाँ सेवाहरू पनि थप्दै विस्तार भैरहेको छ । नेपालमा इन्ड्राइभ सन् २०२२ देखि सञ्चालन भइरहेको छ र अहिले सबैभन्दा लोकप्रिय राइड सेयरिङ सेवाहरू मध्य एक हुन सफल भएको छ । सन् २०२३ मा इन्ड्राइभले अमेरिकाको मायामी र दक्षिण फ्लोरिडा सहित धेरै नयाँ स्थानहरूमा आफ्नो सेवाहरू सुरू गरेको थियो ।

आफ्नो नयाँ पियर–टु–पियर मूल्य निर्धारण मोडेलको लाभ उठाउँदै एवम् तिव्र रुपमा विकास गर्दै इन्ड्राइभ यात्रुहरूका लागि किफायती आवतजावतको विकल्प र चालकहरूका लागि उचित आम्दानीका अवसरहरू सिर्जना गर्न मद्दत गर्दै विश्वव्यापी रूपमा सामाजिक अन्यायलाई चुनौती दिने आफ्नो सुपर मिशन प्राप्त गर्न प्रतिबद्ध छ । यसका साथै कम्पनीले उत्सर्जन घटाउने प्रयासमा विभिन्न क्षेत्रहरूमा विद्युतीय सवारीसाधनहरु थप्न थालेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34