KFGVRFI34

टस जितेर सुरुआतमा ब्याटिङ गरेको भारतले नेपाललाई २९८ रनको विशाल लक्ष्य दिएकाे छ ।

0

आईसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले नेपाललाई २९८ रनको विशाल लक्ष्य दिएकाे छ । चौथो विकेटका लागि सचिन दास र उदय शरणबीच घातक साझेदारी बनेपछि भारतले नेपाललाई २९८ रनको विशाल लक्ष्य पेश गरेको छ ।

टस जितेर सुरुआतमा ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा मात्र ५ विकेट गुमाएर २९७ रनको विशाल पाली निर्माण गर्यो । भारतका लागि सचिन दास र उदय शरणले शतक हिर्काए । शतक प्रहार गरेका सचिन दाशले ११६ रन जोडे ४७।४ ओभरमा गुल्सन झाको बलबाट आउट हुनुअघि उनले १०१ बलमा ११ चौका र ३ छक्कासमेत हिर्काए ।

शतक हिर्काएका उदय शरण १०० रनमा आउट । १०७ बलको सामना गरेका उनले ९ चौका हिर्काएका थिए । उनलाई ४९।३ ओभरमा गुल्सन झाले आउट गराएका छन् ।
त्यसअघि ओपनर आदर्श सिंह १८ बलमा २१ रन, अर्का ओपनर अर्शिन कुलकर्नी ३० बलमा १८ रन र तेस्रो क्रमका प्रियांसु मोलिया ३६ बलमा १९ रन बनाउँदै आउट भएका थिए।

नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर गुल्शन झाले दिलाएका थिए । गुलशनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा उत्तम थापामगरबाट क्याच आउट गराएका थिए ।

तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट भए । उनले ३० बलमा २ चौका प्रहार गरे ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34