KFGVRFI34

हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ विन्दुमा पुगेको छ ।

0

शेयर बजार आज पनि बढेको छ,

Listed Companies In Nepal Stock Exchange (Nepse) | Investopaper

आज अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज समाज लघुवित्तको शेयर १० प्रतिशत र गुराँस लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

आज ७६ लाख २४ हजार कित्ता शेयर दुई अर्ब ५९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34