KFGVRFI34

के तपाइको बच्चाको दिमाग तेजिलो बनाउन चाहनुहुन्छ? एस्ता खानेकुरा खुवाउने गर्नुस्,

0

 तपाई वा   तपाइको बच्चाको मस्तिष्कको विकासको लागि अन्य कुराहरुको सँगसँगै खानेकुराले पनि महत्वपूर्ण भूमिका खेल्छ । केही यस्ता खानेकुरा छन् जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ —

स्मरणशक्ति ताजा राख्ने उपाय

– गोलभेँडामा हुने लाइकोपिन तत्वले शरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ । त्यसका साथै गोलभेँडामा प्रोटिन, भिटामिन,         तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छन् ।

– दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पु¥याउँछ ।

– जाइफलको नियमित सेवनले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत प¥याउँछ ।

– तुलसीको पात दिनको २/३ वटाका दरले खाँदा निकै लाभदायक हुन्छ । यसले छिटो भुल्ने समस्या भएका मानिसलाई समेत फाइदा गर्छ ।

– दिनहुँ ओखर सेवन गर्नाले स्मरण शक्तिको बढोत्तरी हुन्छ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छन् ।

– स्ट्रबरीको नियमित सेवनले मस्तिष्कका कोषको क्षयीकरण हुनबाट बचाउँछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34