KFGVRFI34

निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्दै -राष्ट्र बैंक ,

0

अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पछिल्लो समय लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ।  राष्ट्र बैंकले माघ २६ गते अथात् शुक्रबार फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

७ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ २५ गते अथात् मंगलबार दिउँसो १२ बजे बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री राष्ट्र बैंक - Nepal Purbadhar

यो ७ दिने निक्षेप संकलन उपकरणको फागुन ४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।  बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

माघमा यो दशैपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो।  राष्ट्र बैंकले गत माघ ३ गते ३० अर्ब रुपैयाँ र माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ९ गते ३० अर्ब रुपैयाँ , माघ १० गते २० अर्ब रुपैयाँ, माघ १६ गते ३० अर्ब रुपैयाँ, माघ १७ गते ३० अर्ब रुपैयाँ, माघ १८ गते २० अर्ब रुपैयाँ, माघ २३ गते ४० अर्ब रुपैयाँ, माघ २४  गते ४० अर्ब रुपैयाँ रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो। बैंकले शुक्रबा फेरि १० अर्ब रुपैयाँ तान्न लागेको हो ।

यसअघि राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको छ। जसअनुसार पुसमा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34