KFGVRFI34

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिगत व्यवस्थाका कारण बजार घटेको-सेयर बजार बिज्ञहरु बताउछन् । 

0
नेपालको शेयर बजार

यस्तो क्रम यो पटक मात्र होइन पछिल्लो डेढ वर्षमा चारपटक दोहोरिएको छ। २०७८ भदौ ३ गते ३२०० मा पुगेको सेयर बजार परिसूचक २०७९ असार ३ गते १८०६ बिन्दुमा झरेको थियो।

सेयर बजार बिज्ञहरु भन्छन  नेपाल राष्ट्र बैंकले ल्याएको नीतिगत व्यवस्थाका कारण बजार घटेको र माथि उठ्न नसकेको बताउँछन्। कारोबारीका अनुसार राष्ट्र बैंकले ल्याएको ४/१२ को नीति तथा जोखिम भार बढेका कारण बजार १८०० बिन्दुसम्म पुगेको थियो। राष्ट्र बैंकले सेयर धितो कर्जामा गरेको कडाइका कारण बजारमा पैसा आउन कम भयो।

तरलता अभाव र ब्याजदर बढ्दा त्यसको सिधा असर बजारमा देखियो। २०७८ भदौमा २२ अर्बमाथि कारोबार हुँदै आएको बजारमा केही समयअघि झन्डै ५० करोडभन्दा कममा झरेको थियो।

तर अहिले राष्ट्र बैंकले ल्याएका केही व्यवस्थाहरु सुधार भइसकेका छन्। ४/१२ को नीति संशोधन गरेर व्यक्तिले सेयर धितो कर्जामा १५ करोड र संस्थाले २० करोड रुपैयाँ पाउने व्यवस्था गरिएको छ।

कर्जा जोखिमभार ५० करोडसम्मको १०० प्रतिशतमा झारिएको छ भने सो भन्दा बढीको हकमा भने चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीतिको समीक्षामार्फत १५० बाट १२५ प्रतिशतमा झारिएको छ। बिस्तारै बजारमा नीतिगत सुधार हुँदै गएको छ। यद्यपि त्यसको सकारात्मक प्रभावले पनि बजार २२०० बिन्दुभन्दा माथि उठ्न सकेको छैन।

अहिले सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजीकरण हिस्सा ६६.३ प्रतिशत छ। तर यी कम्पनीहरु पछिल्लो समयमा बजारमा चल्न सकेनन्। पुँजीसहित आधारभूत अवस्था राम्रो भएका कम्पनीको कारोबार अहिले निकै कम हुन्छ।

अहिले बजारमा लगानीकर्ताहरुले भर्खरै आइपीओ आएका तथा कम क्यापिटल भएका कम्पनीहरु मात्र चलाइरहेका छन्। जसका कारण पनि बजार अघि बढ्न नसकेको भन्ने गरिन्छ ।

 


You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34