KFGVRFI34

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरुले १५ % लाभांश पाउने,

0

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको आज बसको सभाले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ ।

यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् ।

कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै सेयरधनीहरुले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34