KFGVRFI34

आज २०८० माघ २७ शनिबारको मौसम कस्तो छ ? मौसम बिभाग का अनुसार…..

0

चिसोबाट बच्न आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाको  अनुरोध,

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी  र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।

साथै, चिसोबाट बच्न आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34