KFGVRFI34

बालबालिकामा मोबाइलको लत कसरी छुटाउने ?

0

  बालबालिकामा मोबाइलको लतबालबालिकामा मोबाइलको लत लाग्नुमा अभिभावकले अधिक मोबाइल चलाउनु पनि एउटा कारण हो

जानकारहरूका भनाइमा बालबालिका तथा किशोरकिशोरीमा मोबाइलको लत अहिले विश्वव्यापी समस्याका रूपमा देखिएको छ।

यद्यपि त्यो बालबालिसँग मात्र जोडिएको नभई अभिभावकको आनीबानीसँग पनि सम्बन्धित रहेको छ।

बालबालिकामा हुने मोबाइलको लत भनेको उनीहरूले मोबाइल धेरै चलाउनु मात्र नभएको मोक्तान बताउँछिन्।

उनी भन्छिन्, “मोबाइल धेरै चलाउनु मात्र होइन, मोबाइल चलाउन नपाउँदा बालबालिकाले दु:ख मान्ने, निराश हुने, डराउने, मोबाइलबाहेक अन्य कुरामा ध्यानै नदिने, सामाजिक नहुने खालको अवस्था बन्यो भने त्यसलाई मोबाइलको लत लागेको भन्नुपर्ने हुन्छ।”

मोबाइलको लत मोबाइल धेरै चलाएर मात्र नभई ‘सामाजिक चिन्ता’का कारण पनि हुन सक्छ।

“सामाजिक चिन्ता भएका बालबालिकाले त्यसलाई भुलाउनका लागि मोबाइल चलाउन थाल्छन् र त्यो मात्रा बढ्दै जान्छ अनि लत बस्छ,” मोक्तान भन्छिन्।

त्यस्तै डिप्रेसन भएका बालबालिकाले पनि त्यसबाट भुल्न मोबाइल धेरै चलाउने र त्यो लत बन्ने उनको भनाइ छ।

मोक्तानका अनुभवमा कान्ति बाल अस्पतालमा दैनिक चार/पाँच जना बालबालिकाहरूलाई मोबाइलको लतकै कारण मानसिक समस्या देखिएको भनेर ल्याइने गरेको छ।

त्यस्तै अटिजम भएका बालबालिकामा अधिक मोबाइल चलाउने लतका कारण त्यसका गम्भीर लक्षणहरू देखा परेको पनि आफ्नै एउटा अध्ययनले देखाएको मोक्तान बताउँछिन्।

डिप्रेसनदेखि दुर्व्यवहारसम्म

विशेष गरी किशोरकिशोरीहरूमा मोबाइलको अति लतका कारण डिप्रेसनको समस्या देखिने गरेको मोक्तान बताउँछिन्।

“कतिपय किशोरकिशोरीमा मोबाइलको लतका कारण सामाजिक सञ्जाल धेरै चलाउने अनि त्यसमा कसैले आफ्नो फोटो राख्यो तर त्यसमा कम लाइक वा शेअर भयो तर साथीको धेरै भयो भने त्यसैबारे सोचेर उनीहरू मानसिक समस्यामा परेको पनि देखिएको छ,” उनी भन्छिन्।

“कम लाइक वा शेअर हुँदा ‘म साथीभन्दा नराम्रो रहेछु वा मलाई कसैले मन पराउँदैन रहेछन्’ भन्ने ठानेर पनि किशोरकिशोरी डिप्रेसनमा गएको पाइएको छ।”

त्यस्तै कतिपय बालबालिकालाई सामाजिक सञ्जालकै माध्यमबाट ‘बुलिङ’ र यौन दुर्व्यवहार भएका घटना पनि देखा परेको जानकारहरूको भनाइ छ।

दुर्व्यवहारका कारण मानसिक समस्या भोगेका बालबालिकाहरू पनि आउने क्रम बढेको मोक्तान जानकारी दिन्छिन्।

स्वास्थ्य मन्त्रालयको सुझाव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सूचना जारी गर्दै बालबालिकालाई मोबाइलको अभिभावकलाई लत नलगाउन सुझाव दिँदै आएको छ।

हालै मन्त्रालयले जारी गरेको सूचनामा पनि मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा असर पर्ने जनाइएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा बालबालिकामा मोबाइलको लतबारे निम्न कुरा उल्लेख गरिएको छ:

  • बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन्। अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्छ।
  • मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युझँने समस्या देखिन सक्छ।
  • आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा खुवाउनु हुँदैन।
  • मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन्। त्यसका कारण पोषणसम्बन्धी समस्या, पाचन प्रणालीमा समस्या हुन सक्छ।
  • खाना खुवाउँदा अभिभावकले बच्चासँग कुराकानी गरेर, डुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनुपर्छ।
  • मोबाइलको लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जान सक्छ। उनीहरू रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छ।
  • सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रीनबाट आउने उज्यालोले निद्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ।
  • मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा यसले बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्‍याउँछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि सूचना जारी गर्दै बालबालिकालाई मोबाइलको अभिभावकलाई लत नलगाउन सुझाव दिँदै आएको छ

मोबाइलको लत कम गर्ने के गर्ने?

बालबालिकामा हुने मोबाइलको लत कम गर्न सबैभन्दा प्रमुख भूमिका अभिभावकको हुने विज्ञहरू बताउँछन्।

मोक्तान भन्छिन्, “सबैभन्दा पहिले अभिभावक आफैँले दिनको अधिकतम दुई घण्टाभन्दा बढी मोबाइल चलाउनु भएन र बालबालिकालाई पनि दिनु भएन।”

अभिभावकपछि शिक्षकशिक्षिकाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।

त्यस्तै घरमा कुनै स्थानलाई ‘स्क्रीन-फ्री जोन’ बनाउन उनी सुझाव दिन्छिन्।

सरकारले मोबाइलको लतबाट हुने असर र त्यसलाई कम गर्न अभिभावकले गर्नुपर्ने कामबारे सचेतना फैलाउनुपर्ने आवश्यकता शर्मा देख्छिन्।

त्यस्तै सरकारले नेपालमा “कति स्क्रीन टाइम उपयुक्त हो” भन्ने मापदण्ड बनाउनुपर्ने र त्यो पालन गर्न सबैलाई उत्प्रेरित गर्नुपर्ने विज्ञहरूकव सुझाव छ।

त्यसका अतिरिक्त मोबाइल चलाउने समयमा त्यसलाई बन्द गरेर अन्य विकल्पहरूमा बालबालिकालाई सहभागी गराउनुपर्ने मोक्तानको सुझाव छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34