KFGVRFI34

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेका छन ,

0

अर्थमन्त्री डा. प्रकाशशरण महतले  सार्वजनिक गरेको प्रतिवेदनमा , चालु आवको बजेट संशोधन गर्दै आय व्ययको संशोधित अनुमानलाई १७ खर्ब ५१ अर्बबाट १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेर संशोधन गरेको छ ।

सरकारले  राखेको बजेट खर्च र आम्दानी दुवै लक्ष्य अनुसार पुरा गर्न नसकिने हुनाले  संशोधन गर्नु परेको उनले बताए

,बजेट छर्ने दबाव छ : अर्थमन्त्री डा. महत

उनले चालु आवको लागि छुट्याएको कूल बजेटको ८७.३८ प्रतिशत घटाएर संशोधन गरेका छन् । जस अनुसार कूल खर्च १५ खर्ब ३० अर्ब हुनेछ ।

 आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेका छन ,

यसै क्रममा उनले भनेका छन् जुनसुकै कठिन आए पनि आम्दानीको लक्ष्य पूरा गर्ने कोसिस गर्ने छौ , तर, खर्चको लक्ष्य पूरा गर्न कठिनाई छ ।

जस कारण खर्चको लक्ष्य घटाउनु परेको छ । जे भए पनि अर्थतन्त्र सुधारको जिम्मेवारी हामी पूरा गरेरै छाड्छौं ।’

मन्त्री महतले आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्कने बताए । उनले अगाडि भने, ‘जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ । बजेट व्यवस्थापनमा  भने चुनौती छन् ।

अन्तमा उनले भने  ‘विश्व बैंकको एउटा सम्मेलन आगामी जुन तेस्रो साता नेपालमा हुँदैछ, जसमा ९२ देशका प्रतिनिधिको सहभागिता हुँदैछ । चाँडै हुन लागेको लगानी सम्मेलनमा समेत विदेशी लगानीकर्ताको चासो बढेको छ ।’

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34