KFGVRFI34

नेपाली फिल्म ‘दयारानी’ ले सुस्ताएको नेपाली फिल्मको बजारलाई केहि राहत ,

0

गत कात्तिकयता सुस्ताएको नेपाली फिल्मको बजारलाई २०८० माघ २६  शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले केही हदसम्म राहत दिलाएको छ । शुक्रबार र शनिबार सुखद् व्यापार गरेको फिल्मले तीन दिनमा १ करोड २५ लाख कमाएको वितरक कम्पनीहरु बताउ छन् । चलचित्र विकास बोर्डले फिल्मको कमाई सार्वजनिक गर्न छाडेकाले अहिले वितरक र निर्माताले उपलब्ध गराएको आँकडालाई नै आधार मान्नुपर्ने अवस्था छ ।

दयारानी'को लिरिकल म्युजिक भिडियो चोरी-चोरी सार्वजनिक {भिडियोसहित} – Parichay

फिल्मको व्यापार काठमाडौं उपत्यकाभन्दा मोफसलमा बलियो छ । विशेषगरी फिल्मको कमाईमा पोखराको ठूलो योगदान छ । फिल्मका निर्देशक माओत्से गुरुङ पोखरा निवासी भएकाले त्यहाँका स्थानीय हलमा फिल्मले हरेक दिन उल्लेख्य दर्शक पाइरहेको छ ।

वितरक श्रेष्ठले सोमबार समेत पोखरासहितका केही हलहरुमा दर्शकको चाप सुखद् रहेको दाबी गरेका छन् । ‘ फिल्मले गुरुङ समुदायको कथा उठाएकाले हलमा पनि यही समुदायका दर्शकको उपस्थिति बढी छ । फिल्मको व्यापार राम्रो भएपछि निर्देशक गुरुङले खुसी व्यक्त गरेका छन् ।

फिल्ममा दयाहाङ राई, दीया पुन, नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल लगायतको अभिनय छ । निःसन्तान दम्पतीको कथामा आधारित रहेको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्ममा ‘ए हो र’ संवाद बोल्ने नयनको कामलाई दर्शकले विशेष रुचाएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34