KFGVRFI34

चितवनको भरतपुरमा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण वाग्मती  प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरले ३० प्रतिशत लागत व्यहोर्ने गरी रंगशाला निर्माण अघि बढाउने ,

0

 चितवनको भरतपुरमा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाउन भरतपुर महानगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाले रंगशाला निर्माणबाट पर्न सक्ने वातावरणीय प्रभावको क्षेत्र निर्धारण सम्बन्धी सूचना मंगलबार प्रकाशित गरेको हो।

अलपत्र गौतमबुद्ध रंगशाला निर्माण हुँदै, भरतपुर महानगरले इआईए अघि बढायो, अनुमानित लागत १ अर्ब


धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माण सुरु गरेको भएपनि आर्थिक स्रोत जुटाउन नसक्दा निर्माणाधीन अवस्थामै बीचमै छोडेको थियो। फाउण्डेसन रंगशाला निर्माणबाट हटेपछि वाग्मती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरले ३० प्रतिशत लागत व्यहोर्ने गरी रंगशाला निर्माण अघि बढाउने निर्णय गरेका छन्। उक्त निर्णय भएसँगै महानगरले इआईए प्रक्रिया अघि बढाएको जनाएको छ।

रंगशाला भरतपुर महानगरपालिका १५ स्थित रामपुरको २० बिघा ६ कठ्ठा जमिनमा निर्माणाधीन छ। ३० हजार दर्शक क्षमता भएको ५ वटा पिच र ३.५९ हेक्टर पार्किङ क्षेत्रसहितको रंगशाला निर्माणका लागि पहिलो चरणमा १ अर्ब लगानी लाग्ने महानगरको अनुमान छ।

महानगरेले ईआईए अध्ययन र क्षेत्रनिर्धारणका लागि सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, आर्थिक प्रणाली लगायतमा के कस्तो प्रभाव पर्छ भनी सरोकारवालासँग सात दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34