KFGVRFI34

महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको कपिलवस्तुमा बस दुर्घटना, १० जनाको ज्यान गयो ,

0

बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

सुनौलो महाकाली यातायातले संचालन गरेको सु-प-प्र-०२-००१ ख ००९८ नम्बरको बस बाटोबाट दुइ सय मिटर तल खसेको छ।

दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको अंचल अस्पताल बुटवल  रिफर गरिएको जनाएको छ । अन्यको सामान्य उपचार   कपिलबस्तुमा नै  भइरहेको कपिलवस्तुका प्रहरीले  बताए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  अनुसार मृतकमध्ये तीन महिला र चार पुरुष छन्। उनीहरूको सनाखत हुन सकेको छैन। घाइते सबैको उद्धार गरी अस्पताल पठाइसकिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34