KFGVRFI34

हिमालयन रि इन्स्योरेन्स सेयर धनीका लागी खुसीको खबर ,

0

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

हिमालयन रि–इन्स्योरेन्सको आईपीओ – Aarthik Dainik

एस कम्पनीको १० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको,एसको  रिटेन्ड अर्निङ्ग ६९ करोड २८ लाख रुपैयाँ रहेको छ,

कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमासिसम्म  ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.७३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १५४.६५ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा ९२.८४ प्रतिशत बढेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेको छ। त्यस्तै कुल दाबी भुक्तानी ५०.९० प्रतिशत बढेको छ।

कम्पनीको सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34