KFGVRFI34

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्त हरुको स्थिति कस्तो रह्यो…?

0

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३२ लघुवित्तको नाफा खुम्चिएको देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३२ कम्पनीको नाफा घटेको हो ।

किन समस्याग्रस्त भए लघुवित्त संस्थाहरू? :: विजयराज खनाल :: Setopati

यस अवधिमा १२ लघुवित्त नोक्सानमा हुँदा ८ कम्पनीको मात्र सुधार भएको छ । नेप्से मा सूचीकृत ५५ लघुवित्त मध्ये हालसम्म ५२ वटाले वित्तीय विवरण सार्वजनिक गरेका छन् , जसअनुसार अधिकांशको स्थिति बिग्रिएको पाइएको छ ।

कर्जा असुलीमा समस्या हुँदा धेरै जसो लघुवित्त मा एस्तो भएको भनाइ छ । कर्जा नउठ्दा प्रोभिजनिङमा बढी रकम छुट्याउन परेको छ । कर्जा लगानी समेत पछिल्लो समय थोरै  भएको छ । ६ महिनाको अवधिमा ८ कम्पनीको नाफामा मात्र सुधार देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको रिपोर्ट अनुसार यस अवधिमा सर्वाधिक नाफा बढाउने कम्पनीमा गुराँस लघुवित्त रहेको छ । कम्पनीको मुनाफा ३०२८.७४ प्रतिशतले बढेर ७७ लाख २८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, यस अवधिमा सर्वाधिक नाफा रहेको कम्पनीमा साना किसान विकास लघुवित्त रहेको छ । कम्पनीको नाफा ४४ करोढ २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा उक्त नाफा १.७३ प्रतिशतले बढी हो ।

विजय लघुवित्तको ९३.०८ प्रतिशतले बढेर ४ करोड १० लाख, युनिक नेपालको ११८.८२ प्रतिशतले बढेर ३ करोड ३२ लाख, जनउत्थान लघुवित्तको ३५२.७० प्रतिशतले बढेर १ करोड १ लाख, ,र सपोर्ट लघुवित्तको २४६.९३ प्रतिशतले बढेर ८६ करोड ४२ लाख रुपैयाँ रहेको छ । गत वर्ष घाटामा रहेका ग्रामिण लघुवित्त र लक्ष्मी लघुवित्तको नाफामा सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको पुष समान्तसम्मको अधिकांश कम्पनीको नाफा ओरालो लागेको छ । कम्पनीहरुले सार्वजनिक गरेको रिपोर्ट अनुसार ३२ कम्पनीको नाफा घटेको हो ।यो अवधिमा सर्वाधिक नाफा घटाउने कम्पनीमा एनआइसी एशिया लघुवित्त रहेको छ । कम्पनीको नाफा ९९.२६ प्रतिशतले घटेर ११ लाख ६ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १४ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।

सबैको लघुवित्तको नाफा ९२.६५ प्रतिशतले घटेर ७ लाख ५८ हजार, स्वाभिमान लघुवित्तको ८०.७७ प्रतिशतले घटेर ५ लाख ६६ हजार, निर्धन लघुवित्तको ८४.८१ प्रतिशतले घटेर २ करोड ५५ लाख, नेरुडे लघुवित्तको ६२ प्रतिशतले घटेर २ करोड ४८ लाख, स्वालम्बलन लघुवित्तको ८२ प्रतिशतले घटेर ४ करोड १५ लाख रुपैयाँसहित अधिकांश कम्पनीको नाफा घटेको हो ।चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिर्जनशिल लघुवित्त १४ करोड ६३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष भने कम्पनी १ करोड ६५ लाख ६५ हजार रुपैयाँ रहेको थियो ।यसअवधिमा १२ कम्पनीको नाफा ऋणात्मक रहेको छ । यस अवधिमा एनएमबि लघुवित्त ६ करोड ७५ लाख, अभियान लघुवित्त ६ करोड २४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34