KFGVRFI34

लुम्बिनी प्रदेश (बुटवल) मा ? प्रदेसिक अस्पतालमा मुटुको रोगीका लागी सेवा सुचारु भएको छ ,

0

 

लुम्बिनी प्रदेश बुटवलमा सेवालाई  बिस्तार गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालमा  २०८० फागुन ३ गते विहिबारदेखि क्याथल्याव सेवा सुरु भएको अस्पतालले जानकारी गराएको छ । अस्पतालमा विहिबार २ जना बिरामीको एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) गरेर सेवाको शुभारम्भ गरिएको मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

वीर अस्पतालमा ९ करोड ७० लाखको लागतमा 'क्याथल्याब' सेवा सुरु, मुटु रोगीका  लागि सहज - हाम्रोअर्थ

सरकारी स्तरबाट सञ्चालित अस्पतालमा विशेषज्ञ सेवालाई थप गर्दै जाँदा सेवाग्राहीले सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सकिने अस्पतालका डाक्टर बताउछन् । अस्पताल स्थापनाको ११४ वर्षमा क्याथ ल्याब सेवा सुरु गरिएको जानकारी गराउँदै मेसु डा. थापाले यस क्षेत्रका सेवाग्राहीका लागि ठूलो सफलता र खुसीको कुरा भएको उल्लेख गरे अस्पतालका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा. अर्जुन बुढाथोकीको नेतृत्वमा डा. रोशन घिमिरे, डा. सुदर्शन थापा, डा. सुरेन्द्र कुंवर र डा. समिर आचार्यको समूहले गुल्मीका ७५ वर्षीया र ७२ वर्षीया महिलाका एनजीओग्राम गरिएको थियो । अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा अर्जुन बुढाथोकीले बताए ।लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याव संञ्चालनको लागी २२ करोड बिनियोज गरेसँगै यो सेवा सुरु भएको छ । काडियोलोजी बिभागका जनस्वास्थ्य निरीक्षक राम प्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको र यसले मुटुसम्बधी सम्पुर्ण उपचार गर्न सकिने बताए । क्याथल्यावमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर गरि ८ जनाको समूहबाट सेवा प्रदान गरिने छ । विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालमा विहिबारदेखि क्याथल्याव सेवा सुरु भएको छ । यो सेवाको शुभारम्भसँगै अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचार थप सहज हुने उल्लेख गरे । सरकारी स्तरबाट सञ्चालित अस्पतालमा विशेषज्ञ सेवालाई थप गर्दै जाँदा सेवाग्राहीले सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सक्ने डा. थापाले उल्लेख गरे । स्थापनाको ११४ वर्षमा क्याथ ल्याब सेवा सुरु गरिएको जानकारी गराउँदै मेसु डा. थापाले यस क्षेत्रका सेवाग्राहीका लागि ठूलो सफलता र खुसीको कुरा भएको उल्लेख गरे ।

 

 

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34