KFGVRFI34

नेपाल VS नेदरल्यान्ड्सको क्रिकेटमा नेपालको सानदार जित -१ विकेटको छेतीमा १५.२ ओभरमा १४१ रन ,

0

 

नेपालको जितमा अनिल साह र आशिफ शेखले महत्त्वपूर्ण योगदान दिए

प्रभावकारी बलिङ र आक्रामक ब्याटिङ गरेको नेपाल नेदरल्यान्ड्सलाई पराजित गर्दै विश्वकप क्रिकेट लीग २ मा पहिलो दुई अङ्क जोडेको छ।

Nepal vs Netherlands, ICC World Cup qualifiers 2018 7th place playoff, full  cricket score: NED beat NEP by 45 runs | Cricket - Hindustan Times

उद्घाटन खेलमा नामिबियासँग भोगेको नमिठो पराजयमा मल्हम लगाउँदै नेपाली खेलाडीहरूले शनिवार कीर्तिपुर क्रिकेट मैदानमा सानदार प्रदर्शन गरे। उनीहरूले गएको विश्वकप क्रिकेटमा प्रभावशाली खेल देखाएको नेदरल्यान्ड्सलाई आफ्नो घरेलु मैदानमा ९ विकेटले हराएका छन्।

नेपालको जितमा ब्याटिङतर्फ अनिल साह र आशिफ शेखले सबैभन्दा महत्त्वपूर्ण योगदान दिए भने पहिलो इनिङ्समा कुशल भुर्तेलले नेपालका लागि सर्वाधिक चार विकेट लिए।

नेदरल्यान्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा साह र शेख दुवैले अर्धशतक बनाए र १५.२ ओभरमै नेपालले आफ्नो लक्ष्य भेट्यो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34