KFGVRFI34

बुटवल उपमहानगरपालिकाले ९ महिनादेखि १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई दादुरा तथा रुवेला विरुद्धको खोप लगाउने-जनचेतना मुलक खबर।

0

बुटवल उपमहानगरपालिकाले  यही फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा तथा रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने  भएको हो । उपमहानगरमा रहेका ९ महिनादेखि १५ वर्ष उमेर समूहका करीब  ५४ हजार  बालबालिकालाई खोप लगाइने भएको हो ।

आइतबार आयोजित अभिमूखीकरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका  प्रमुख खेलराज पाण्डेले सबै पक्षलाई आग्रह गरेका हुन् । एस नगरमा  कार्यरत स्वास्थ्यकर्मी, स्वयमसेविका, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थितीमा दादुरा र रुवेला खोप बारे गम्भीर भएर लाग्नको लागी अभिमूखी  कार्येक्रम गरेको  पाण्डेले बताए   । खोप अभियानलाई सफल बनाउन   सबैको सहयोग आवश्यक रहेको बताए  । ‘खोपको बारेमा हेलचेक्र्याइ नगर्न  आग्रह गरे ।

लुम्बिनी प्रदेशमा फागुन २४ गतेसम्म ११ लाख ६० हजार ८७३ बालबालिकालाई खोप लगाउने योजना रहेको । तराईका सबै जिल्लासहित २४ जिल्लामा ९ महिनादेखि १५ उमेर समुहका बालबालिकाहरुलाई दादुरा तथा रुवेला विरुद्धको खोप लगाउने कार्यक्रम रहेको रुपन्देही स्वास्थ्य केन्द्रका खोप फोकल पर्सन भेषराज शर्माले भने, अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने शर्माले जानकारी दिए । विगतमा तराईका जिल्लाहरुमा बढी संक्रमण देखिएकाले ती ठाउँहरुमा खोप कार्यक्रम १५ वर्ष उमेर समूहका बालबालिकासम्म पुर्याउनु परेको उनले बताए ।

बुटवल उपमहानगरमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ३२७ बालबालिका तथा ५ वर्षदेखि १५ वर्ष उमेर समूहका ४३ हजार ५४८ बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने उपमहानगरकी जनस्वास्थ्य निर्देशक कल्पना भुसालले जानकारी दिइन् । भुसालका   अनुसार प्रत्येक खोपकेन्द्रमा २ जना स्वास्थ्यकर्मी तथा ३ जना स्वयमसेवकको व्यवस्था गरी खोप अभियान सञ्चालन गरिने छ । सो अभियानमा अन्य खोपसमेत छुट भएका बालबालिकाहरुलाई उपलब्ध गराइने भएकाले ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोपकार्डसहित ल्याउन भुसालले अभिभावकहरुलाई आग्रह गरिन् ।बुटवल उपमहानगरका विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थागरी १६७ खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने र सो अवधिमा छुट भएका बालबालिकाहरुलाई थप ५ दिनको समयमा विभिन्न स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने उनले जानकारी दिइन् । उपमहानगरभित्र रहेका शैक्षिक संस्थाहरु मध्ये कम्तिमा २५० बालबालिका रहेका विद्यालयलाई खोप केन्द्रको मान्यता दिइने र उक्त सङ्ख्याभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयले नजिकको खोपकेन्द्र मान्यता प्राप्त विद्यालय वा स्वास्थ्य केन्द्रमा खोपका लागि व्यवस्था गर्नुपर्ने भुसालले जानकारी दिइन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34