KFGVRFI34

ईपीएसअन्तर्गत कोरियाली भाषा परीक्षा आज सुरु हुँदै, १ लाख ६३ हजार भन्दा धेरैले आवेदन,करिब १६ हजारमात्र छनोट हुने

0

परीक्षा आज सुरु हुँदै छ, परीक्षाको सम्पूर्ण तयारी पूरा भएको ईपीएस कार्यालयले जनाएको छ ।

कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि - व्यवस्था संवाददाता :: Byawastha - News Portal of Nepal

भाषा परीक्षामा १ लाख ६३ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । पहिलो चरणको परीक्षा  चैत २४ सम्म हुने छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा हरेक दिन पाँच वटा सत्रमा हुने परीक्षामा दैनिक एक हजार युवा सहभागी हुँदै छन् । कोरिया सरकारले भाषा परीक्षालाई पारदर्शी बनाउन गत वर्षदेखि ट्याबमार्फत् परीक्षा लिन थालेको हो।

ईपीएस कार्यालयले २०८१ पुस १ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षार्थी धेरै भएका कारण परीक्षा सक्न नै १० महिनाभन्दा बढी समय लाग्ने देखिएको हो । श्रम मन्त्रालयका अधिकारीहरूले छिटो परीक्षा सक्ने वातावरण मिलाउन कोरियाली पक्षलाई आग्रह गर्दै आएका छन् ।

१ लाख ६३ हजार भन्दा धेरैले भाषा परीक्षाका लागि आवेदन दिए पनि करिब १६ हजारमात्र छनोट हुने छन् । सीप बिल्डिङतर्फका परीक्षार्थीसमेत उत्पादनमूलक क्षेत्रमा सहभागी हुने व्यवस्था भएपछि परीक्षार्थीको सङ्ख्या बढेको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34