KFGVRFI34

आज नेप्से १.७६ अकंले घटेर २०३३.०६ बिन्दुमा बन्द भएको छ ।लगातार तेस्रो दिन पनि बजार राताम्य

0

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७६ अकंले घटेर २०३३.०६ बिन्दुमा बन्द भएको छ । मंगलबार ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । आज बजार झिनो अकंले घटेको हो ।

बजार घट्नुको मुख्य कारण नै लगानीकर्ताको मनोबल कमजोर हुनु हो । ब्याजदर घट्दो क्रममा रहेको भएपनि बजारले गति लिन सकेको छैन । लागनीकर्ताले सकारात्मक मनोबल बनाउन नक्सदा बजार खुम्चि रहेको छ । पछिल्लो समय परिसूचकसँगै कारोबार समेत ओरालो लागि रहेको छ ।

आज आठ उपसूचक ओरालो लागेको छ । मंगलबार वाणिज्य बैंकको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१८ प्रतिशत, हाइड्रोपावर समूहको ०.३१ प्रतिशतले सेयर मूल्य घटेको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34